माअाेवादी सरकारबाट बाहिरिदै गर्दा…
२०७४ जेठ १५ गते

“
असोज ३१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए ।
माओवादीले वाम गठबन्धनमा भए पनि काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








