काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जनाकाे मृत्यु

मुजफ्फरबाद, पाकिस्तान । प्राय तनाव भइरहने भारत पाकिस्तान सीमा क्षेत्र काश्मिरमा आइतबार फेरि अर्काे झडपमा परी एकजनाको ज्यान गएको छ । भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरू पाँच जना घाइते भएका छन् ।

यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एक जना पाकिस्तानी नागरिकको ज्यान गएको र अरू पाँच जना घाइते भएका हुन् । सो झडपमा परी अरू पनि केही व्यक्ति घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका व्यक्ति परेका समाचारमा उल्लेख गरिएको छ ।

गएको मङ्गलवार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए । सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =