यी काम २० देखि ४० वर्षको उमेरमा नगर्नुहोस्, नत्र…

एजेन्सी । यो उमेरमा स्वास्थ्य र शरीरले तपाईँको साथ दिने गर्दछ । यो चक्करमा तपाईँ आफ्नो खानपिनको विशेष ध्यान राख्नुहुन्छ । अनियमित खाना र जंक फुडले तपाईँको स्वास्थ्यलाई दिन प्रतिदिन नकारात्मक असर पुर्याइरहेको हुन्छ जसको असर बढ्दो उमेरसँगै देखिन्छ । भविष्यमा तपाईँको शरीर आवश्यकताभन्दा बढी कमजोर हुनसक्छ ।

बढ्दो उमेरमा तपाईँ जतिसुकै पोषक तत्वले भरपुर भोजनको बानी बसाल्नुहोस्, तपाईँको शरीरले यसलाई पूर्ण रूपमा सोस्न पाउँदैन । त्यस कारण यो उमेरदेखि नै स्वास्थ्यका लागि हानिकारक खानेकुरा खान बन्द गर्नुहोस् । एक स्वस्थ जीवनशैली अपनाउनुस् ता कि तपाईँको शरीर बलियो रहोस् र बुढेसकालमा शारीरिक कमजोरीसँग जुघ्न नपरोस् ।

बचत नगर्नु

२० देखि ३० को उमेर यस्तो हुन्छ जब तपाईँ कमाउन सुरु गर्नुहुन्छ र पहिलो पटक आफूलाई आर्थिक रूपमा स्वतन्त्र महसुस गर्नुहुन्छ । धेरैजसो मानिसहरू यो स्वतन्त्रतालाई महसुस गर्नका लागि खानपिन र मोजमस्तीमा खर्च गर्दछन् । उनीहरू भविष्यका लागि कुनै योजना तयार गर्दैनन् र बचत गर्ने त उनीहरूको बानी नै हुँदैन । तपाईँले पनि सुन्नुभएको होला, समय सधैँ एकैनासकाे हुँदैन त्यस कारण अहिले देखि नै बचतको बानी बसाल्नुहोस् । पछि परिवारको जिम्मेवारी तपाईँको काँधमा आउँछ त्यसैले पनि यो समयमा बचत गर्नैपर्छ ।

भ्रमण

धेरै मानिसहरू अवकाशपछि घुम्न रुचाउँछन् र युवावस्थामा पैसा कमाउन र आफ्नो भविष्यमा मात्र ध्यान दिन्छन् । तर, पैसा कमाउने र भविष्यको चक्करमा नबिर्सिनुहोस् कि तपाईँको शरीर यो उमेरमा बढी उर्जावान् र बलियो हुन्छ । त्यस कारण घुमघाम र रोमाञ्चक क्रियाकलापका लागि यो भन्दा उत्कृष्ट समय अरू हुन सक्दैन । पछि समय र पैसा हुँदा पनि तपाईँ यी कुराहरू गर्न असमर्थ पनि हुन सक्नुहुन्छ ।

परिवारलाई समय नदिनु

करियरलाई उत्कृष्ट बनाउने लोभमा आजकालका युवा यति धेरै व्यस्त हुन्छन् कि आफ्नो परिवारलाई समय दिन पनि पाउँदैनन् । अहिले तपाईँलाई अहिले केही फरक नपारेपनि भविष्यमा यो कुरा सधैँ तपाईँको मनमा खट्किरहनेछ ।

विवाह गर्न हतार गर्नु वा नराम्रो सम्बन्धमा रहिरहनु

मानिसहरूलाई लाग्छ कि काम पाउने बित्तिकै विवाह गर्नुपर्छ तर यस्तो हुनुहुँदैन । विवाह जीवनभरी निभाउनुपर्ने एक बन्धन हो । त्यस कारण जब तपाईँले सही जीवनसाथी पाउनुहुन्छ तबमात्र विवाह गर्नुहोस् । धेरै मानिसहरू विवाह त गर्छन् तर केही समयपछि नै समस्याबाट गुज्रन थाल्छन् ।

आमाबुवा वा बुढाबुढीको सल्लाह नमान्नु

युवावस्था त्यस्तो बेला हो जहाँ तपाईँलाई आफूले गरेको सबैकुरा सही लाग्छन् । तपाईँ नयाँ सोचसहित यति जोसमा हुनुहुन्छ कि अन्य सबै बिचार तपाईँलाई पुरानो र कमजोर लाग्छन् । तर, नबिर्सिनुहोस् कि तपाईँका आमाबुवा जीवनको सङ्घर्षमा तपाईँभन्दा अत्यधिक अनुभवी हुनुहुन्छ । त्यस कारण उहाँहरूलाई पनि ध्यानपूर्वक सुन्नुहोस् ।

खराब जागिरमा अड्किरहनु

थुप्रै पटक तपाईँले रुचाएको जागिर पाउनुहुन्न तर करियरको सुनिश्चितता वा आर्थिक परिस्थितिसँग जुघ्नका लागि तपाईँ सम्झौता गर्नुहुन्छ । मन नलागे पनि काम गरिरहनुहुन्छ । यस्तो नगर्नुहोस् र तुरुन्त उक्त कामलाई छोड्नुहोस् नभएर केही समयपछि तपाईँले उक्त कामलाई महत्त्व दिन छाड्नुहुन्छ र तपाईँलाई आफ्नो जीवन नै व्यर्थ लाग्न सक्छ ।

आमा बुवाको खुसीका लागि आफ्नो सपना त्याग्नु

तपाईँ त्यो काममा मात्र सफल हुन सक्नुहुन्छ जुन तपाईँलाई राम्रो तरिकाले आउँछ । थुप्रै पटक मानिसहरू आफ्नो आमाबुवाको खुसीका लागि त्यो करियर पनि अपनाउने गर्दछन् जसमा उनीहरूको रुचि नै हुँदैन । परिणाम यस्तो हुन्छ कि उक्त काममा उनीहरूको परफर्मेन्स औसत हुने गर्दछ । त्यस कारण समय हुँदा नै आफ्नो क्षमताको पहिचान गर्नुहोस् र त्यसतर्फ आफ्नो कदम बढाउनुहोस् । आमाबुवाले तपाईँलाई जीवन जिउने तरिका सिकाउन सक्नेछन्, तपाईँलाई सङ्घर्षसँग लड्ने हिम्मत दिनसक्छन् तर यो जरुरी छैन कि उनीहरूले जुन काममा सफलता हाँसिल गरका छन् त्यसमा तपाईँ पनि निपुण हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =