संसदको अन्तिम बैठक जारी, आजै रात्रीभोजको आयोजना गरिने

काठमाडौं, असोज २८ । व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले जारी छ । बैठकमा सबै दलका प्रतिनिधिले दलीय आधारमा सम्बोधन गर्दै संविधान जारी भई कार्यान्वयनमा गएको स्थितिमा तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन् । अधिकांश साना दलका नेताको बोल्ने क्रम सकिएपछि प्रमुख दलका शीर्ष नेताको सम्बोधन शुरु भएको छ । अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहनु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारीको मनोनयनको अघिल्लो दिन आज, वर्तमान संसद्को अवधि आजै मध्यरातिदेखि सकिनेछ । वि.सं. २०७० मंसिर ४ मा भएको ६०१ सदस्यीय दोस्रो संविधानसभाले २०७२ असोज ३ मा संविधान जारी गरेपछि व्यवस्थापिका संसदमा रुपान्तरण भएको हो ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका डा. शिवजी यादव, नेकपा (माले) का सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रहादुर केसी, नेपाल परिवार दलका मीनकुमारी राजवंशी, स्वतन्त्र सांसद् श्यामकुमार श्रेष्ठ (काभ्रे), बहुजनशक्ति पार्टीका विश्वेनद्र पासवान, संघीय लोकतान्त्रिक (मञ्च) भरुहटका रुक्मिणी चौधरी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह लगायतले मन्तव्य राखिसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *