१९ औ अन्तराष्ट्रिय विश्व युवा सम्मेलनमा नेपाली टोली रसिया प्रस्थान

काठमाण्डौ असोज २७ । अक्टोवर १४ देखि २२ रसियाको सोचि शहरमा आयोजना भएको विश्व युवा सम्मेलनमा भाग लिनका लागि शुक्रवार नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
अन्तराष्ट्रिय विश्य युवा सम्मेलनमा पहिलो पटक समग्र कर्णालीको प्रतिनिधित्व गर्दै पहिलो पटक एलपी देवकोटा रसियाको सोचि शहरमा गएका हुन् ।

यस अघिका विश्व सम्मेलनमा कर्णालीले सरकारी प्रतिनिधिका रुपमा सहभागि हुने अवसर पाएको थिएन । युवा तथा खेलकुद मन्त्रालययको टोलीसंगै विभिन्न क्षेत्रमा आबद्ध १५ जना युवाहरु पनि सरकारी प्रतिनिधिका रुपमा सहभागि रहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालको नेतृत्वमा सहसचिव राम प्रसाद थपलिया, उप सचिव सुशिला अर्याल सहित २३ जनाको टोलि सोचिका लागि गएको हो । उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै सम्मेलनमा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =