तिहारको सुरक्षामा खटियो कैलाली सुरक्षा प्रशासन

बिष्णु जोशी

धनगढी असोज २७ । नेपालीहरुको महान् चाँड तिहार (दिपावली)को बेला हुन सक्ने असामाजिक तथा अबैध क्रियाकलाप नियन्त्रण गर्न जिल्ला सुरक्षा समन्वय समिति कैलालीले कार्ययोजना बनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले तिहारमा देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमका लागि निश्चित समयावधि पनि तोकेको छ । ‘रातको समयमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम गर्दा शान्ति सुरक्षामा प्रतिकुल असर पुर्‍याउन सक्ने भन्दै कैलाली प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘सुरक्षालाई विशेष मध्यनजर गर्दै
देउसी भैलो कार्यक्रम रातिको १० बजेपछि नगर्न आग्रह गर्दछु ।’ प्रजिअ रिजालले राति १० बजेपछि विशेष गरी बालबालिका र महिलालाई त्यस्ता कार्यक्रममा सहभागी नबन्न आग्रह गरेका छ्न।

त्यस्तै, प्रशासनले तिहारमा बिस्फोटक पदार्थको प्रयोग नगर्न पनि आग्रह गरेको छ । विस्फोटक पदार्थले आगलागी भई धनजनको क्षति हुनसक्ने भएकाले यस्ता पदार्थ प्रयोग नगर्न प्रशासनले अनुरोध गरेको छ । तिहारमा भुइचम्पा, पटाका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको बढी प्रयोग हुने भएकाले प्रशासनले त्यस्ता पदार्थ उत्पादन, आयातनिर्यात तथा बिक्री वितरणमा रोक लगाएको जनाएको छ ।

भारतबाट विस्फोटक पदार्थहरु आयात हुने भएकाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई कैलाली प्रजिअ रिजालले निर्देशन दिएका छन् । यस्तै, प्रशासनले अभिभावकलाई आ–आफना बालबालिकालाई पनि यस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न दिन हुन समेत आग्रह गरेका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *