सरकारी भवन निर्माणका लागि जग्गा दान गर्ने हाेडबाजी

असाेज २७, तेह्रथुम । गाँउपालिकाकाे भवन निर्माणका लागि तेह्रथुमको आठराईमा जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ ।

गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र सक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो । गाउँपालिकाको भवन निर्माणसँगै आसपासमा बजार विकास हुने र जग्गाको मूल्य बढ्ने भएकाले निःशुल्क जग्गा दिन जग्गाधनीबीच होडबाजी चलेको हो ।

गाउँपालिकालाई छ रोपनीदेखि ३१ रोपनीसम्म जग्गा निःशुल्क उपलब्ध गराउछु भन्दै छ वटा निवेदन परेको गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *