वैदेशिक रोजगारीको प्रलोभन देखाएर दुई लाख ८० हजार ठगी

असाेज २६, झापा । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै दलालले रकम ठगी गरेपछि एक परिवारको बिचल्ली भएको छ । आफ्ना पति ओमनारायण राजवंशीलाई वैदेशिक राजगारीमा पठाइदिने भन्दै दलालले रु दुई लाख ८० हजार ठगी गरेपछि बिचल्ली भएको गौरीगञ्ज गाउँपालिका–१ की बबिता राजवंशीले बताउनुभयो । झापा पृथ्वीनगरका रोशन खतिवडाले आजाद भिसामा साउदी अरब पठाइदिने प्र्रलोभन देखाएर उक्त रकम लिएको बबिताले बताउनुभयो ।

“राम्रो कम्पनीमा काम लगाइदिने भनेपछि दुई कट्ठा जग्गा धितो राखेर ऋण लिएका थियौँ”, पीडित बबिताले रासससँग भन्नुभयो, “न विदेश पठायो न पैसा नै फिर्ता गरेको छ, धितो राखेको जग्गा पनि लिलाम हुन लागेको छ ।” ऋणका कारण आफूहरुलाई ठुलो आर्थिक सङ्कट आइपरेको उहाँले सुनाउनुभयो ।

राजवंशी परिवारले रकम फिर्ता गराइदिन भन्दै निवेदन दिएको छ । बिर्तामोडमा मेनपावरको एजेण्टका रूपमा काम गर्दै आएका खतिवडा हाल दुबईमा रहेको बताइएको छ । उहाँकी श्रीमती रिमा श्रेष्ठ खतिवडाले पैसा तिर्न प्रयास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *