कृष्ण प्रणामीको सत्संग समितिले धर्मशाला बनाउने

असाेज २६, भरतपुर । श्रीकृष्ण प्रणामी भरतपुर सत्संग समितिकाे आध्यात्मिक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भरतपुर सत्संगले बनाउन लागेको धर्मशालालाई कसरी बनाउने भन्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सत्संग समिति नेपालका निवर्तमान उपाध्यक्ष श्यामजी अतिथिले भरतपुरको वडा नम्बर ९, १० र १२ मा उपयुक्त जग्गाको खोजी गरी चाँडै नै धर्मशालाको कार्य अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे । यसै गरी नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सत्संग समितिले गर्न लागेको कार्य अति नै सह्रानीय रहेकाले पत्रकारिताको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष श्यामकृष्ण शर्माले गरिब बिरामीहरुका कुरुवा लाभारिस अवस्थामा सुत्नुपर्ने भएकाले धर्मशाला बनेमा सजिलो हुने जानकारी दिएका थिए । कार्यक्रम श्रीकृष्ण मन्दिर बुढौलीका गादीपति भरतमणि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *