गौचनको हत्यापछि निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

काठमाडौं, असोज २६ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिने गरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नु भयो ?’

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्र सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो । ‘बारम्बार फोन आइरहेको थियो । एक कलमात्र उठाउन सकें,’ देउजाले भने, ‘लवज मंगोलियन भए पनि त्यति प्रष्ट सुनिएन ।’

अस्ती सोमबार दिउँसो बानेश्वर खरीबोट नजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय जादै गरेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई तारन्तार फोन कल आइरहेको छ । बुधबारसम्म १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन् ।

धम्कीको फोन भारतबाट

व्यवसायी, प्रहरी र सञ्चारकर्मीलाई अाएको फोनको आधारमा स्थान पहिल्याउँदा सबै कल भारतबाट आएको देखिएको अनुसन्धान सम्बद्ध स्रोतले बताएकाे छ । सबै कल इन्टरनेटमार्फत आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =