अभिनेत्री रेखा थापाको कार दुर्घटना

असाेज २५, काठमाडाैं । अभिनेत्री रेखा थापा आज कार दुर्घटनामा परेकी छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रुद्रप्रिया’की अभिनेत्री थापा बुधवार १२ बजे चावहिलमा आफैँले कार चलाइरहँदा दुर्घटनामा परेकी हुन् । उनकाे कारलार्इ ट्रकले ठक्कर दिएकाे थियाे ।

दुर्घटनामा रेखाको कारमा क्षति पुगेको भए पनि उनी सुरक्षित छिन् । टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर फर्कने क्रममा उनको कारलाई ट्रकले ठक्कर दिएको हो । आफैँले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिँदा भाग्यले बाँच्न सफल रहेको रेखाले बताएइन् ।

हाल दुर्घटनास्थलमा प्रहरी पुगीसकेको छ भने ट्रक चालक र रेखा थापा गौशाला प्रहरी वृतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *