चाड पर्वलाई लक्षित गर्दै विशेष बजार अनुगमन सुरु

असाेज २२, काठमाडाै । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चाड पर्वलाई लक्षित गर्दै विशेष बजार अनुगमन सुरु गरेको छ । विभागले तिहारलाई लक्षित गर्दै खाद्यान्न, मिठाई, ध्यु तेल र लत्ता कपडामा अनुगमन सुरु गरेको हो ।

आइतबारदेखि सुरु भएको विशेष बजार अनुगमनमा विभिन्न क्षेत्रका लागि चार वटा टोली खटाईएको छ । विभागले पत्रकार, विषय विशेषज्ञ सहितको टोली बजार अनुगमनमा खटाएको हो । विशेष गरी चाडवाडको अवसरमा अखाद्य वस्तु विक्री हुने, अधिकतम मूल्य भन्दा बढी मूल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै विभागले बजार अनुगमन सुरु गरेको हो । विभागले राजधानी काठमाडौँ र बारा पर्साका औद्योगिक करिडोर क्षेत्रमा बजार अनुगमन गर्ने जनाएको छ ।

आइतबारदेखि काठमाण्डौमा अनुगमन सुरु गरेको विभागले सोमबारदेखि बारा पर्साका औद्योगिक करिडोरमा पनि अनुगमन गर्ने महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । ब्राण्डेड बजारको नामले चिनिने दरबारमार्ग क्षेत्रका पसलमा दसैँ अघि गरेको बजार अनुगमन र कारबाही प्रक्रियाका बारेमा संचारकर्मीको जिज्ञासामा महानिर्देशक दाहालले सबै अनुगमनमा दण्डात्मक हिसाबले जान नसकिने उल्लेख गरे । उनले कारबाही हुने गरे पनि फितलो भएको भने स्वीकार गरे ।

हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएपनि कारबाही भने फितलो हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =