काेही बेराेजगार छन् त कसैलार्इ तिन तिर भ्याइ नभ्याइ

कञ्चनपुर, २२ असोज । शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्य एउटै सचिवले सम्हाल्दै आएका छन् । कर्मचारी अभावले अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नं २, ३, ४ र ५ को कार्य वडा सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनका सहयोगीका रूपमा करारमा नियुक्त दुईजना महिला कर्मचारी छन् तर कार्य बोझ अधिक हुँदा सेवाग्राहीलाई सेवा दिन उनलाई निकै समस्या भएको छ ।

“सेवाग्राहीको चाप अधिक हुँदा काम गर्न भ्याई नभ्याई भएको छ” वडा सचिव अवस्थीले भने । सेवाग्राहीको अधिक भीडभाड हुने वडा नं ८, ९ र १० मा समेत एक जना मात्रै स्थायी कर्मचारी वडा सचिवका रूपमा कार्यरत रहेका छन् । यसै गरी, वडा नं ६, ७ र ११ का लागि समेत एक जना मात्रै सचिव छन् । कर्मचारी अभावले नगरपालिकाले तीनवटै ठाउँमा संयुक्त वडा कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको छ ।

नगरपालिकाको वडा नं १ र १२ मा भने छुटृा–छुटृै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ । नगरपालिकाका १२ वटै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्न कर्मचारी अभावले सकिएको छैन नगर प्रमुख दिलबहादुर ऐरले भने, “कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन गाह्रो भएको छ ।”

कर्मचारीको तत्काल व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बारम्बार आग्रह गर्दै आए पनि कर्मचारी पाउन नसकिएको प्रजिअ एेरेले बताए ।

उक्त नगरपालिकामा झन्डै एक लाख बढी जनसङ्ख्या छ उनले भने, “सेवा दिनका लागि १४।१५ जना कर्मचारीले पनि भ्याउन सकिँदैन ।”

नगरपालिकामा हाल कार्यकारी अधिकृत एक, नायब सुब्बा एक, लेखा अधिकृत एक, लेखापाल एक, खरिदार तीन, प्राविधिक सहायक दुई, अमिन एक, कम्प्युटर सहायक एक र चारजना कार्यालय सहयोगी छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *