बागलुङ काँग्रेसद्वारा उम्मेदवार सिफारिश

बागलुङ, असाेज २२ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले सम्भावित उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिश गरेको छ ।

पार्टीको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रबाट आकाँक्षीहरुको नाम टुङ्गो लगाएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ बाट किरणराज शर्मा पौडेल, चम्पादेवी खड्का, जगदीशचन्द्र उपाध्याय, टंकप्रसाद शर्मा कँडेल, दिपेन्द्रबहादुर थापा, प्रकाश शर्मा पौडेल, पूर्णबहादुर पौडेल क्षेत्रीलगायतको सिफारिश गरिएको पार्टी सचिव नवराज पौडेलले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट क्षेत्र नं १ (क) मा गंगाप्रसाद कँडेल, चिरञ्जिवी गौतम, महेन्द्रप्रसाद कँडेल, वसन्तकुमार श्रेष्ठ तथा समानुपातिकतर्फ अमरबहादुर कार्की, कोपिला बोहरा, कृष्णशंकर श्रेष्ठ, चित्रबहादुर कार्कीलगायतको नाम सिफारिश गरिएको छ ।

प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं १ (ख) बाट किरण राज शर्मा पौडेल, कृष्णप्रसाद शर्मा, गणेश सापकोटा, दुर्गादत्त शर्मा आचार्य र समानुपातिकतर्फ ओमकार थापा, कल्पना हमाल पाठक, कौशिला विक, धर्मबहादुर क्षत्रीको नाम सिफारिशमा परेको छ ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं २ बाट टेकराज पौडेल, धिरप्रसाद सिंह, ध्रुवराज गौतम, नरबहादुर पुुन निरज, रामप्रसाद आचार्य, सिंहबहादुर राना, ज्ञानकुमारी छन्त्यालको नाम सिफारिश गरिएको सचिव पौडेलले बताउनुभयो ।

समानुपातिकतर्फ ऋषिराम कँडेल, गणेश शेरचन, डिलेन्द्रप्रसाद राम्जाली, देवीप्रसाद भट्टचन, सोमबहादुर पौवी रहेका छन् । प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं २ (क) बाट उमेश गौतम, कृष्णबहादुर केसी, घनश्याम गौतम, डिलाराम सुवेदी शर्मा, फमबहादुर खत्री र मञ्जु चालिसेको नाम सिफारिश भएको छ ।

प्रदेशसभा सदस्य समानुपातिकतर्फ गण्डकी थापा अधिकारी, पदमबहादुर थापा, यामबहादुर श्रीस, यामेन्द्रकुमार घर्ती, शर्मिला शर्मा खरेल, हीराबहादुर घर्तीको नाम सिफारिशमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *