भारतकोमा महिलाद्धारा नौलो फ्रिजको स्थापना जस्ले दिन्छ गरिबलाई सित्तैमा खानेकुरा

भारत, असोज २१ । भारतको चेन्नइमा एक महिलाले सामुदायिक फ्रिज स्थापना गरेकी छन् । पेशाले चिकित्सक रहेकी इसा फातिमा खानेकुरा फ्याँक्ने बानी हटाउन र गरिबलाई सित्तैमा खानेकुरा प्रदान गर्नका लागि यस्तो उपाय अपनाएकी हुन् ।

चेन्नइको बेसेन्ट नगरस्थित सार्वजनिक स्थानमा जडान गरिएको यो फ्रिजमा आम मानिस र होटल कर्मचारीले बचेखुसेको सफा खानेकुरा ल्याएर राखिदिन्छन् । त्यो खानेकुरा गरिब मानिसहरुको लागि काम लाग्छ ।

खाना मात्र होइन, फ्रिजनजिकै एउटा दराज र दानपात्र पनि छ । त्यहाँ मानिसहरुले खेलौना, कपडा, किताब तथा रकम पनि दान गर्न सक्दछन् ।यो अभियानलाई इशाले अयमित्तु उन्न नाम दिएकी छिन् । यसको अर्थ हुन्छ, खाना खानुअघि यसलाई आवश्यक मानिसहरुलाई बाँड्नुहोस् ।

कम्युनिटी फ्रिजको अवधारणा विदेशमा धेरै प्रचलनमा रहेको हुँदा आफूले पनि त्यहीँ सिको गरेको इशा बताउँछिन् ।

फ्रिजमा राखिएका खानेकुरा रेखदेख गर्नका लागि उनले तलब दिएरै एकजना सुरक्षागार्ड राखेकी छन् ।

बीबीसी

२०७४ असोज २० गते ११:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *