प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबिच भेटवार्ता

काठमाडौं, असोज २१ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा शुक्रबार बेलुका भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न संघ र प्रदेशको चुनावको तयारीका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबिचको वामपन्थी गठबन्धनका विषयमा मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गरेर जान वाम गठबन्धन बनाउने तथा पार्टी एकता अगाडि बढाउने सहमति भएको थियो ।

त्यसलगत्तै बुधबार नेपाली कांग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरमबीच लोकतान्त्रिक गठबन्धन बनाउने सहमतिपछि राजनीतिक वृत्त दुई ध्रुवमा विभाजन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *