पैतालामा यस्ता चिन्न भएका व्यक्ति हुन्छन् भाग्यमानी

एजेन्सी । शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिन्छ । हातमा मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्त्वपूर्ण हुने यो शास्त्रको भनाइ छ । यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।

समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंद माथितिर गएको रेखा छ भने यस्ता व्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरू भाग्यमानी हुन्छन् र धनी पनि ।

त्यस्तै, समुन्द्र शास्त्रका अनुसार कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात् गोलो आकृति छ भने यस्ता व्यक्ति धनी हु्न्छन् । यिनीहरूलाई कमाउनका लागि मेहनत गर्नु पर्दैन । जसको पैतालमा त्रिशुलको चिन्ह छ त्यस्ता व्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने व्यक्तिको पैतलामा यस्तो चिन्ह हुन्छ ।

जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता व्यक्ति महापुरुष हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ । भने, पैतालाकाे मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने त्यस्ता व्यक्ति धनी भए पनि धनको मतलब नगर्ने हुन्छन् ।

पैतालामा अङ्ग्रेजी अक्षर ‘T’ जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *