अनन्तरामले सुरु गरे ८४ घण्टे भाषण !

“
काठमाडौं, असोज १९ । स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने कार्यक्रम आजदेखि सुरु भएको छ ।
काठमाडौंको टेक्सास् कलेजस्थित् कम्युनिटी हलमा आज बिहानबाट लङ्गेष्ट म्याराथुन स्पिच सुरु गरिएको हो । २२ गतेसम्म चल्ने उक्त कार्यक्रम लायन्स क्ल अफ काठमाडौंको विहानीको आयोजनामा भएको हो । केसीले लङ्गेष्ट म्याराथुन स्पिचमा योग, अध्यात्म जस्ता विषयमा निरन्तर ८४ घण्टासम्म स्पिच दिने छन् ।
यसअघि भारतको राजस्थानका आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो वर्ल्ड रेकर्ड ब्रेक गर्नको लागि केसीले सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने योजना बनाएका छन् । लङ्गेष्ट म्याराथुन स्पिच कार्यक्रमलार्इ राइटपाथ करियर काउन्सेलिङले स्पाेन्सर गरेकाे छ भने, अफिसियल मिडियामा मकालु खबर डटकम रहेकाे छ ।
“








