अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सन्चालन
२०७४ जेठ १५ गते

“
पाल्पा, असोज १८ । पाल्पा–बुटवल सडकखन्डअन्तर्गत् पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फीरुपमा सन्चालनमा आएको छ ।
बुधबार सडक मर्मतका लागि चार घन्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फीरुपमा सन्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रीले निकै सास्ती भोग्नुपरेको छ ।
पाँच दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितको ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ ।
सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरो खसेर धेरै यात्रीले अकालमै ज्यान गुमाउनुपरेको छ ।
यही राजमार्ग भएर पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पोखरा, पर्वतलगायतका जिल्लामा जाने यात्रीले बेलाबेलामा निकै सास्ती भोग्नुपरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








