कामदार अभावमा तेह्रथुमका १४ सय रोपनी चिया बगान झाडीमा परिणत

तेह्थुम, असोज १८ । चिया बगानमा कामदार नहुदा तेह्रथुममा लगाईएको एकहजार ४ सय रोपनी चिया झाडीमा परिणत भएको छ । जिल्लाभरका किसानले व्यक्तिगत रुपमा लगाएको यति धेरै चिया कामदार नपाउँदा झाडीमा परीणत भएको हो ।

जिल्लाका व्यवसायीक चिया किसानले कामदार नपाउदा वर्षेनी लाखौं रुपैंया गुमाईरहेको जिल्ला चिया सहकारी संघका अध्यक्ष शंकर खनालले बताउनु भयो । चियाको मुना प्रशोधन गर्ने उद्योगले कृषकलाई लामो समय सम्म भुक्तानी नदिने र मुना टिप्ने कामदारसमेत नपाईने गरेकाले जिल्लाभरका किसानले लगाएको चिया नोक्सानी हुने गरेको हो ।

यसअघि चिया बगानमा काम गर्ने र ग्रामिण क्षेत्रका धेरै युवा वैदेशीक रोजगारमा गएपछि चिया खेतीमा कामदार अभाव चुलीएको चिया तथा कफी विकास वोर्ड सोल्माले जनाएको छ । तेह्रथुमका ३ सय किसानले ३ हजाुर ८ सय रोपनी क्षेत्रफल जमिनमा चिया खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *