विजया दशमीपछिको चतुर्दशी तिथिः आज पनि टीका लगाईंदै

काठमाडौं, असोज १८ । विजया दशमीपछिको आज चतुर्दशी तिथि । विजया दशमीका दिन टीका लगाउन नपाएका वा नभ्याएकाहरुले पूर्णिमाका दिनसम्म मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने परम्परा छ ।

टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *