यस्ता छन् आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीयहरु

काठमाडौं, असोज १८ ।   रिसईबी साध्ने नियत : कान्तिपुर

नेपाल भारत सीमा दशगजामा खाँडो खोलाको मुहान बन्द हुने गरी भारतीय पक्षले गत बर्ष एकतर्फी बाँध बनाउन थालेपछि प्रतिरोध गरेका सप्तरी, कोईलाडी

तिलाठी २ का देवनारायण यादव छोरासहित सीमापारि भारतमा पक्राउ परेका छन् ।

भारतीय प्रहरीले आइतबार पक्राउ गरेका देवनारायण र उनका छोरा अजयलाई हपहरण तथा शरीर बन्धक मुद्धामा सोमबार जेल चलान गरिएको छ ।

गर्त बर्ष साउन १३ गते देवनारायणलगायत सीमावर्ती क्षेत्रका नेपालीले अवरोध गरेपछि भारतीय पक्ष बाँध निर्माणबाट पछि हट्नुपरेको थियो ।

अवरोध गर्ने क्रममा झडप हुँदा देवनारायण घाईते भएका थिए ।  त्यो घट्नाले उनलाई राष्ट्रियस्तरमा चर्चित समत बनाएको थियो ।

सरकारले उपचार खर्चसंगै उनलाई सच्चा राष्ट्रवादीको सम्मानपत्रसमेत दिएको थियो ।

वाम धु्रवीकरणको सन्देश : अन्नपुर्ण 

दसैं बिदाका दिनमा एमाले र माओवादी केन्द्रबीच बढेका छलफलको परिणामस्वरूप दुई दल चुनावी तालमेलमा जाने निक्र्यौलमा पुगेपछि एकाएक नेपाली राजनीति तरंगित हुन पुगेको छ ।

तालमेलमा नयाँ शक्तिका डा।बाबुराम भट्टराई पनि थपिएका छन् । चुनावपछि यी दलहरूबीच पार्टीक एकीकरणमै जाने सहमति भएको खुलासा भएपछि अनेक टीकाटिप्पणी हुन थालेका छन् ।

एउटा पंक्तिले यी पार्टी तालमेल हुँदै एकतातिर अग्रसर हुनुलाई सकारात्मक रूपमा लिएका छन् भने अर्को पंक्ति यसको वैचारिक राजनीतिक आधारमाथि प्रश्न उठाउँदै कतै राजनीतिक अस्थिरता थप बढ्ने पो हो कि भनेर आशंका गर्दैछन् । तर्क र टिप्पणी जे गरिए पनि चुनावको मुखमा कम्युुनिस्ट शक्तिबीच तालमेल हुनुले नेपाली राजनीतिमा सकारात्मक संकेत देखिएको छ ।

खासगरी लामो समयदेखि एउटै शक्तिको बहुमत आउन नसकेर सरकार सञ्चालनमा गठबन्धन संस्कृतिले परम्पराकै रूप लिँदै गरेको पृष्ठभूमिमा यसले नेपाली राजनीतिलाई स्थिरताउन्मुख गर्ने अपेक्षा गर्न सकिन्छ । त्यस अर्थमा यो तालमेल र एकताका प्रयास अर्थपूर्ण छन्, सकारात्मक छन् ।
तालमेलको घोषण जति सहज छ त्यसको व्यवस्थापन गर्न त्यत्ति नै कठिन हुने देखिन्छ ।

तालमेल, त्यसपछि एकताका चरणमा एमाले, माओवादीलगायतका पार्टीहरूको आन्तरिक व्यवस्थापन ठूलो चुनौतीका रूपमा आउने घोषणासँगै नेता(कार्यकर्ता पंक्ति तहबाट आएका क्रिया—प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ ।

त्यसकारण शीर्ष नेतृत्वले तालमेल र त्यसपछि एकताका प्रक्रिया सुझबुझ ढंगले बढाउन आवश्यक छ ।

चुनावतर्फ अग्रसार राजीतिक : गोरखापत्र

बडादशैंको चहलपहल अन्त्य नहुँदै रानीतिक चहलपहल बढ्न थालेको छ ।

प्रादेशिक तगा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुको तयारीले चुनावी तरखर बढ्नु स्वभाविक हो ।

नेकपा एमाले र नेकमा माओवादी केन्द्र दुवैसंगै निर्वाचनमा जान खबर तीव्र पवाह भएको छ भने कतिपय दलबाट नेता, कार्यकर्ता दायाँ, बायाँ लाग्न थालेका समाचार पनि सार्वजनिक भईरहेका छन् ।

मुलुकमा पहिलोपटक हुनलागेको प्रदेशसभा र संघ र प्रतिनिधिसभाका चुनावमा रानीतिक धुवीकरण तीव्र रहने अड्कलबाजीले राजनीतिक बजार तात्ने देखिएको छ ।

राजनीतिक एकताको कुरो पनि ढिलो चाँडो बढ्नेमा दुइृमत रहोईन । राजनीतिक दल आपसमा फट्दा सबैथोक भताभुङ्ग हुँदै आएको र मिल्दा सबै काम कुरो पुर्ण हुँदै आएको विगत हेर्दा पनि दलीय मेलालाई स्वागतकै पक्ष मान्नपुर्ण ।

डम्पिङसाइटको पिरलो : नयाँ पत्रिका 

पछिल्ला दिनमा स्थानीय तहको पुनः संरचनाका क्रममा देशमा महानगर, उपमहानगर र नगरपालिकाको संख्या निकै बढेको छ । देशमा महानगर, उपमहानगर या नगरपालिकाजस्ता स्थानीय तहको संख्या बढ्नु खुसीकै विषय हो ।

किनकि, देशमा नगरक्षेत्रको वृद्धि हुनु भनेको नगरमा हुनुपर्ने सेवासुविधा जनताले उपभोग गर्न पाउनु पनि हो । सामान्यतः गाउँबाट नगरमा पदोन्नति भएका क्षेत्रमा व्यवस्थित सडक, खानेपानी, ढल निकास, स्कुल, कलेज, अस्पताल, बिजुली, टेलिफोन, पार्क, बजार, खेलमैदान आदि हुनुपर्ने हो । तर, हामीकहाँ हतारहतारमा नगरक्षेत्र घोषणाचाहिँ गर्ने तर नगरमा आवश्यक भौतिक पूर्वाधारतर्फ भने खासै चासो दिने गरेको देखिन्न ।

नगरक्षेत्र घोषणासँगै शिक्षा, रोजगारी तथा अन्य भौतिक सुखसुविधाको खोजीमा जनसंख्याको चाप गाउँबाट त्यस्ता नगरमा बढ्ने गरेको देखिन्छ । तर, जनसंख्याको चापसँगै हचुवामा घोषणा गरिएका नगरक्षेत्र अव्यवस्थित देखिने गरेका छन् ।

यस्ता नगरक्षेत्रमा व्यवस्थित नगर विकास योजना नहुँदा घरहरू अत्यन्त अव्यस्थित रूपमा बन्ने गरेका छन् । योजनाबद्ध सडक सञ्जालको विकास नहुँदा यातायातका साधन सञ्चालनमा पनि समस्या देखिने गरेको छ । खानेपानी र ढल निकासको समस्या त हुने नै भयो ।

अनि, सरसफाइको पनि समस्या उस्तै छ । जनसंख्याको चापसँगै यस्ता नगरक्षेत्रमा फोहोरमैलाको समस्या बढ्नु स्वाभाविक हो । तर, नगरपालिकाहरूले व्यवस्थित डम्पिङसाइट निर्माण गरी फोहोर संकलन तथा व्यवस्थापन गर्न नसक्दा अधिकांश नगरक्षेत्र दुर्गन्धित हुने गरेका छन् ।

राजमार्गमा देखिएको बेथिति: नेपाल समाचारपत्र 

राजमार्ग आसपासमा सञ्चालन  हुने होटलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय नौलो होईन ।

बर्षौदेखि सर्वसाधारण यात्रुहरुले भोग्दै आएको समस्या हो यो ।

राजमर्गा आसपासमा हजारौंको संख्यामा होठल सञ्चालन भएका छन् ।

सरकारले मुल्य सुची अनिवार्य रुपमा राख्नुपर्ने नियम ल्याएपनि कार्यान्वयन हुन सकेको छैन ।

खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन ।

गाडी सञ्चालनक होटल ब्यवसायिको मिलेमतोमा सार्वजनिक सवारीमा आवतवाजत गर्ने यात्रुहश्र यसरी ठगिदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *