चुनावी रणनीतिबारे छलफल गर्न कांग्रेसको बैठक बुधबार बस्ने

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुनावका लागि रणनीति बनाउने मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *