सुनको भाउ तोलामा एक हजार रुपैँया घट्यो

२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १७ । सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दसैँको बिदा सुरु हुनुअघि गएको मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित