बर्दियाको लालपुरमा हिजोदेखि लगाईएको कर्फ्यु हट्यो

बर्दीया, असोज १७ । बर्दिया गुलरिया नगरपालिकाको लालपुरमा हिजो साँझको झडपपछि लगाइएको कर्फ्यु आज बिहान ८ बजेपछि हटेको छ । तनाव शान्त पार्न स्थानीय प्रशासनको पहलमा भएको वार्ता सहमतिमा पुगे पनि कर्फ्यु भने आज बिहान ८ बजेदेखि मात्र हटाउने सहमति भएको थियो ।

बैठकमा स्थानीय प्रशासनले छानबिन समिति बनाई घटनाको छानबिन गर्ने र समितिको प्रतिवदेनका आधारमा दोषी देखिएकालाई कारबाही गर्ने सहमति भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो । झडपमा घाइते ११ जनालाई सरकारले उपचार गरिदिने पनि सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =