लसभेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५९ पुग्यो, ५ सय २७ जना घाइते

काठमाडौं, असोज १७ । अमेरिकी प्रहरी लसभेगासमा गोलीकाण्ड मच्चाउने हत्याराको नियतको खोजी गरिरहेको छ ।

जहाँ अन्धाधुन्ध गोली प्रहार गर्दा ५९ जना मारिएका थिए भने ५ सय २७ जना घाइते भएका थिए ।

गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हातहतियार पनि फेला पारिएको जनाएको छ ।

६४ वर्षीय आक्रमणकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको एक अधिकारीले जनाए ।

प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली बर्साउँदा ५ सय २७ जना घाईते भएका छन् ।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् ।

उनले एकता र शान्तिका लागि अपील गर्दै गोलीकाण्डलाई दुष्टताले भरिपूर्ण क्रियाकलाप भनेका छन् । घटनास्थलबाट थप १० वटा बन्दूक फेला पारिएको छ ।

गोलीकाण्ड मच्चाईंदा उक्त कन्सर्ट हेर्न २२ हजार मानिस भेला भएका थिए । प्रहरीले घेरेपछि हत्यारा आफैले पनि आत्महत्या गरेका थिए ।

घटनाको आतंकवादी संलग्नता पुष्टी भएको छैन । यद्यपि, आईएसले भने घटना आफूले गराएको दावी गरेको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *