जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते
२०७४ जेठ १५ गते

“
पाल्पा,असोज १७ । निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंम्बरकाे जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।
ज्यान जानेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन् । घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








