जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

पाल्पा,असोज १७ । निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंम्बरकाे जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

ज्यान जानेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन् । घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *