हृदयेश त्रिपाठीसहितका पाँच नेताले गरे विद्रोह, सूर्य चिह्नबाट चुनाव लड्ने तयारी

काठमाडौं, असोज १७ । राष्ट्रिय जनता पार्टी, राजपा अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् ।

आफूलाई ‘स्वतन्त्र राजनीतिक समूह’ भन्दै उनीहरु एमालेको सूर्य चिह्नबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् ।

सूर्य चिह्नबाट चुनाव लड्ने भएपनि एमाले भने प्रवेश गरि नसकेको दावी गरिएको छ ।

एमालेले निकालेको प्रेस विज्ञप्तिमा पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको उल्लेख गरिएको छ ।

सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल र समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गर्नुभएको छ ।

पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्दछ ।

६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह–अध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =