बर्दियाको लालपुरमा लगाइएको कर्फ्यु भोलि विहान हटाइने

बर्दिया, असोज १६ । बर्दिया गुलरिया नगरपालिकाको लालपुरमा हिजो साँझको झडपपछि लगाइएको कर्फ्यु भोलि विहान ८ बजेपछि हटाइने भएको छ । तनाव शान्त पार्न स्थानीय प्रशासनको पहलमा भएको वार्ता सहमतिमा पुगे पनि कर्फ्यु भने भोलि बिहान ८ बजेदेखि मात्र हट्ने भएको हो ।

बैठकमा स्थानीय प्रशासनले छानबिन समिति बनाई घटनाको छानबिन गर्ने र समितिको प्रतिवदेनका आधारमा दोषी देखिएकालाई कारबाही गर्ने सहमति भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले रेडियो सदभावलाई जानकारी दिनुभयो । झडपमा घाइते भएका ११ जनालाई सरकारले उपचार गरिदिने भएको छ ।

हिन्दू र मुस्लिम समुदायका प्रतिनिधि, स्थानीय नागरिक समाजका अगुवा, दलका प्रतिनिधि लगायत सम्मिलित बैठकले कर्फ्यु हटेपछि स्थिति सामान्य भएमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सदभाव ¥याली आयोजना गर्ने निर्णय गरेको छ । हिजो साँझको झडपपछि स्थितिलाई थप तनावग्रस्त हुन नदिन आज बिहान १० बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेश जारी भएपछि नेपालगन्ज–गुलरिया सडकखण्डको यातायात सेवा अबरुद्ध हुँदा दसैंको टीका लगाउन हिँडेका सयौं यात्रु अलपत्र परेका छन् । ताजिया बिर्सजन र मूर्ति बिसर्जनमा निस्केका दुवै समूहलाई अगाडि जानका लागि बाटोको साइड दिने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =