एक सय जना अट्ने कारागारमा ३ सय ८२ कैदी

भैरहवा, असोज १५ । जिल्ला कारागार रुपन्देहीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । एक सय जना अट्ने कारागारमा ३ सय ८२ कैदी राखिँदा बन्दीको अवस्था दयनीय बनेको छ ।

यो क्षमता भन्दा तेब्बर संख्या हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कैदी बन्दीलाई बस्नलाई असजिलो भएको छ भने व्यवस्थापन गर्न कारागार प्रशासनलाई निकै समस्या भएको छ ।

महिला थुनुवा कक्ष नहुँदा महिला कैदीबन्दीहरुलाई कारागारमा राख्न निकै समस्या परेको छ ।

महिला थुनुवा भएको खण्डमा स्थानीय प्रशासनले अन्य जिल्लाहरुमा पठाउने गरेको जिल्ला कारागार कार्यालय, रुपन्देहीका नायब सुब्बा प्रेम रोका बताउँछन् ।

वि.सं. १९९० सालमा स्थापना भएको यो कारागार जिल्लाको एक मात्रै कारागार होे ।

यहाँ अहिले १ सय ३१ जना कैदी, विभिन्न अपराधमा मुद्धा चलेका तर अदालतबाट मुद्धा फैसला नभएका २ सय ५१ जना थुनुवा छन् ।

यी मध्ये लागूऔषध, डाकाचोरी, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा दोषी ठहरी कैद फैसला भएका १३ जना विदेशी छन् । उनीहरु सबै भारतीय भएको नायब सुब्बा रोकाले बताए ।

१८ जनाको दरबन्दी भएको कार्यालयमा कर्मचारी बस्ने भवन समेत राम्रो छैन । कैदीबन्दी राख्नका लागि राम्रो भवन नहुँदा झनै समस्या छ ।

कारागार वरिपरी पर्खाल समेत छैन । जसले सुरक्षामा समेत चुनौती थपिएको छ ।

कैदीबन्दीले थोरै क्षमता भएको ठाउँमा प्रशासनले जवरजस्ती धेरै संख्यामा कैदीबन्दी राख्दा बस्न समेत निकै समस्या भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *