कन्काइमा अज्ञात रोगका कारण दुईको मृत्यु
२०७४ जेठ १५ गते

“
झापा, असोज १५ । झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना बिरामी भएका छन् । २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेवको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाले जनाएको छ ।
बिरामी परेका अन्यलाई उपचारका लागि आज दिउँसो भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको बताइएको छ । अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखापरेको बताइएको छ । दशैंका बेला रोग फैलिएपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् । सुरुंगा बजारदेखि चार किलोमिटर दक्षिणमा पर्ने टेक्राको मुसहर बस्तीमा अज्ञात रोग देखिएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








