एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी र उम्मेदवार छनौटका विषयमा छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

अहिलेकेहीबेरमा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा यसअघि तयार गरिएको उम्मेदवारहरूको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजनाका विषयमा छलफल गर्ने एमालेले जनाएको छ । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा चुनावी रणनीति अन्र्तगत तालमेलका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो । सरकारले १० र २१ मंसिरमा दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *