मुगुमा लुकि छोपि बाल विबाह गरिदैं
२०७४ जेठ १५ गते

“
मुगु, असोज ११ । मुगुमा बाल बिवाह गरे कानुन लाग्छ भन्ने थाहा पाए पनी शिक्षित ब्यक्तिले नै त्यसको उल्लङघन गरेका छन । आज भोली गाउँ घरमा शिक्षत ब्यक्तिनै लुकि छोपि बाल बिवाह गर्ने गरेका पाईन्छ । नेपाली हरुको महान चार्ड बिजया दसै वरिपरि मा बिवाह गरेसमुधुर सम्बन्ध हुने काली भगवतीले रक्षा गर्ने भन्दै गाउँ घरमा स्थानीयले लुकि छोपि बाल बिवाह गर्ने गरेका हुन ।
बाल बिवाह गर्नु हुन्न भन्ने थाहा पाएका शिक्षत ब्यक्तिले पनी आफ्ना छोरा छोरीको बाल बिवाह गराउने गर्नाले बालबिवाह झन् बढ्दै गहेको छ । हिजो मात्रै छायाँनाथ रारा नगरपालीका भित्रका गाउँमा लुकिछोपि एक दर्जन बढीकाको बाल बिवाह भएको छ । अन्य गाउँपालीको अबस्था तथा ग्रामिण दुर दराजमा त झनैै बालबिवाह खुले आम हुने गरेका छन तर प्रसासनले वालविवाह रोक्नमा खास भूमिका खेल्न सकेको छैन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








