निर्दोष लखन थापाको शालिक नतोड्नु बरु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

आज मैले मेरो देशमा गर्वका साथ नेपाली भन्न पटक्कै मन छैन । हृदयंगले पक्कै फरक रहेछु । नेपाली हुन मैले मेरो रंग, मेरो वर्ण फेर्नु पर्ने रहेछ, कतै पहेलो र हप्सी भएर जन्मिनुले मानव शिकार भएछु । धन्य छ १ आजै राति सपनामा देखे जस्तो लाग्छ तर बिपनामै रहेछ । सामाजिक सञ्जाल फेसबुकमा पश्चिम नेपालको कास्की पोखरामा शहिद लखन थापा मगरको शालिक नगर प्रमुखकै आदेशमा आतंकारी, बिद्रोही शैलीमा डोजर लगाएर पल्टाइएछ, भत्काइएछ, मैले त सपना पो देखेको रहुछ जस्तो लाग्यो तर यता अग्रज बुद्धिजिवीहरुको बीचमा सपना होइन कुरा साचो हो भन्ने चर्चा भइरहेको थियो । मंथिगलमा कता–कता विद्रोहको भाव जागिरहेको छ ।

राजाको हृदयमा प्रजा हुँदैन, शत्रुको हृदयमा मित्रु हुँदैन, बिदेशीलाई स्वदेशीको माया हुँदैन भने जस्तै बाहुन क्षेत्रीको हृदयमा न्याय नहुँने रहेछ । सरकार यहाँ प्रशासन जनताको न्याय र सुरक्षा गर्न होइन, जनताहरुबाट सत्ता बचाउन शासक पहरा दिनका लागि प्रशासन रहेछ । हामीलाई यस्तो सरकार चाहिएको छैन । घरदेशको समस्या प्रदेशमा वस्नेलाई थाहा हुँदैन, प्रदेशमा बस्नेलाई घरदेशको समस्या थाहा हुँदैन । आज आफ्नै देशमा प्रदेशी बनेर रंगभेदी÷वर्णभेदी शासनको जातोमा पिसिएर मकै देखि सामल, पिठो र भुस बनिनु परेको छ । कोही चामल बनेर आफ्नो अधिकार खोज्दै चिच्याउछन, बाहुन क्षेत्रीको हरेक संयन्त्रमा पकड छ, बाहुन क्षेत्रीले सुन्दैन । पिठो बनेर जतापनि ल्यास्स टासीने, निचता स्वीकारेर अरुलाई पनि दुषित बनाउने, मैदाझै पोली माग्ने, तेलमा डुवाई माग्ने, फ्राई गरि माग्ने, मुछि माग्ने, खोले जस्तै बन्नेहरु ज्यादती सहेर बस्छ ।

धोवीको लुगा चुटाई झै फर्काई फर्काई चुटाई माग्छ, शासक मज्जाले आफ्नो सत्ता बचेकोमा पुरस्कार बितरन गर्छ र स्यावासी दिएर फुर्काइ दिन्छ अनि डण्ड दिन्छ, सुवानी बनि दिन्छ किनकी उ पिठो भइसकेको हुन्छ । बाँकी रहेको भुस हो । भुस त आगो लगाएर जलाउन पनि सजिलो हुन्छ, हावाले पनि उडाएर लान्छ, आफूलाई जोगाएर पनि राख्न सक्दैन, यस्तो मार्काकाले शत्रुको अघि बोल्न सक्दैन, लेख्न पनि सक्दैन र सत्य के हो बुझन पनि सक्दैन न बुझ्ने कोशीष नै गरेको होस । यहि इमान्दारीताको पराकाष्ट यसरी उठाइरहेका छन् ।

लोकतन्त्र खै कस्तो लोकतन्त्र रु लाग्छ बाहुनतन्त्र, ठोकतन्त्र हो । हो, यहाँ अधिकारको कुरा ज्यादा हुन्छ । समानताको कुरा हुन्छ । समानताको व्यवहारिक सिद्धान्त बुझ्न कठिन हुन्छ । एउटा राष्ट्रको विभुति, राष्ट्रको गौरव, राष्ट्रको धरोहर, राष्ट्रको सान र संसारले मानेको बुद्धले न न्याय पाएको हुन्छ । बाहिर बुद्धको नाम भजाएर शासक चोखिन्छ र राम्रो बनिदिन्छ । तालिवानी शैलीमा बुद्धका मुर्ति ढालिन्छन् । प्रशासन आफै संलग्न हुने गर्छ । २५ मे, २०१३ मा बुद्ध जयन्तिको दिन अपमानजनक रुपमा सुर्खेतको कांक्रे बिहारमा राखियको यो बुद्ध मुर्ति जिल्ला प्रशासनले उखेली जंगलमा फालेको थियो ।

तिब्र बिरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रुखमा बाधेर झुन्दाई राखेको छ । यो उदाहरण हो । भैरहवामा पनि बुद्धको मुर्ति हटाएर देवकोटाको मुर्तिलाई राख्ने प्रशासनको ग्राइन डिजाइन बनेपनि सफल भने हुन सकेको छैन । देशको एउटा चम्किलो तारा जस्ले अध्यारो औँसीको रात जस्तो निरंकुश शासनको लागि लड्ने बीर प्रथम शहिद लखन थापा मगरको शालिक अपमान जनक तरिकाले प्रशासनको पहरामा भत्काउनु र गायब बनाउनुको उद्देश्य के हो रु स्पष्ट छ ।

हिजो गोरखाको नाममा सिंगापुर बेचेर पुगेन, ब्रिटिस साम्राज्य थामिदिन बेच्यौ पुगेन, ब्रुनाइ सुल्तानको गद्दी थामी दिन बेच्यौं पुगेन, भारत बेच्यौं पुगेन, खाडी मुलुकमा बेच्यौं रेमिट्यान्स हसुरेर पुगेको छैन । तिव्रै कालो शासनको सुरक्षा दिने ढोके बनायौं भएन । युद्धमा होमाएर मार्यौ भएन, परिवार नियोजन गरायौ भएन, मंगोलहरुको जनसंख्या रोकथाम भएन भारतबाट भारतीयलाई ल्याएर लाखौ नागरिकता बाड्यौ हिन्दु जनसंख्उया बढाउन भएन । तराई मधेसमा समस्या ल्यायौ सफल भएनौ अब यसरी मूलबासीहरुलाई बिस्तारै उत्तेजीत बनाएर हिंसा भड्काउन चाहेका छौं । त्यो तिम्रो अभिष्ट अब पुरा हुँदैन सरकार अनि रक्षक प्रशासन । मानव अधिकारको पुजारी बनेर होइन मानव अधिकारको रक्षा गरेर मानवीय स्तम्भ बन्नु सिक्नु १ देशको इज्जत माथि रात दिन बलत्कार गर्न पाइन्दैन ।

तिम्रै सामु भारतबाट ४ सय बर्ष राज गरेका तिम्रै वर्णका ब्रिटिस लखेटिनु परेको थियो । त्यो दिन नफर्कियोस कि मानिसले मानिसलाई लखेटोस । भुटानीजहरुको लखेटाइमा परेको नभुल्नु, आसाम, मेघालयको घट्ना नभुल्नु, नेपाल कै सन् १९५३ सालतिर तेह्रथुम आठराईबाट लखेटि मागेको घट्न नभुल्नु । निर्मम कदम उठाउन बाध्य नपार्नु । बर्माबाट रोहिंग्यालाइ उठीबास लगाउनु परे जस्तै बाध्य नबनाइयोस । यो २१औँ शताब्दी हो । भाइचारा कायम राख्नु सबैको उतिकै दायित्व हो । यो ढुंगे युग पनि त होइन, जंगली युग पनि । सभ्यताले निकै चरण पार गरिसकेको छ ।

तन्त्रको युग भन्दा पनि यन्त्रको युगमा छौ हामी । मानवीय अस्तित्व, इतिहास र संस्कृतिलाई जवरजस्ती नष्ट गर्ने काम हुन्छ भने त्यसको परिणाम पनि सोही प्रकारको हुन्छ भनेर बुझ्ने मौका एक पटक दिइन्छ । पटक पटक दोहोरिय पछि भुल हुन सक्दैन । अटेरीपन नै हो भनेर बुझ्न सकिन्छ । हृदयभरी अपराध पालेर बसेका अलि कति पनि हृदयमा माया नभएका न्याय नभएका जो आतंकारीका पर्याय बनेर शासन सत्तालाई गुण्डाहरुको पहरामा बलियो बनाउने सोच भए त्यो अहंकार हो । अहंकार बिनाशको संकेत हो । दक्षिण अफ्रिका पनि ३५० वर्ष सम्म शासन गर्ने त्यही तिमीहरुकै वंशले घुडा टेकेर प्रायश्चित गर्दै ३५० वर्षे शासन त्याग्नु परेको थियो ।

निरंकुश र एकात्मक सोचको पराकाष्ट के हुन्छ रु लिबियाका शासक मोहम्मर गद्धाफीलाई जनता जागेर घिसारेर अवसान गरिदिए । रोडेसियामा बहुसंख्यक मूलबासी माथिको अत्याचारले थेगेन रोडेसीयाईहरु स्वतन्त्र भए, साम्राज्यवादी गोराहरुको अन्त्य भयो । इरानको शाहको दारुन कथा उस्तै छ । उनको अत्याचारले शरणार्थी हुनु पर्यो र किरा मराई मनु प¥यो । अहंकार, दम्भले होइन प्रेमले मात्र भातृत्वको बिकास गर्न सकिन्छ । आल्तुल्लाको मरण, अमेरिका भियतनाम बाट भाग्नु, इदि अमिनको शासन, युगान्डा, थाइकम्पुचिया, पाकिस्तानको जिमाउल हक जस्ता तानाशाहीहरुको अन्त्य भइसके, हिटलर शासन, रुसको जार शासनको अन्त्य भइसके ।

नेपालमा शाह, रानाको अन्त्य त भयो तर बाहुन क्षेत्रीको शासन बाँकी रहयो । जसले पंचायतको झल्को दिन्छ । जसको रिदयमा मानवता छैन, जसको देश छैन । उसैको यति ठूलो अत्याचार रु राणा शासनको अन्त्यका लागि लड्नेहरु अनुहार र रंगको कारण मृत्युडण्डको भागिदार भए । एउटा बाहुन मार्दा ७ ओटा गाई मारे सरह पाप हुने भन्दै टंकप्रसाद आचार्यलाई सामान्य सजाय मात्र हुने देश नेपाल । जहाँ लखन थापा जस्ता बिभुतिहरुको शालिक समेत देख्न रुचाउदैनन् । दया, माया, भावना मूलबासी मंगोलहरुको जस्तो हुँदो रहेछ तरु बिदेशी बाहुन क्षेत्रीको शासन नेपाल खाल्डोमा १५औ शताव्दीदेखि स्विकारेर बस्ने दयालु मूलबासीहरुको छातिमाथि रात दिन परेड खेल्ने यति निरंकुश र अमानवीय, अपराधी सोच अरु कुनै मानव सभ्यतामा पाइन्दैन । हो, हामीले अत्याचार सहेर पनि सहिष्णुता कायम गरेकै हौं, दोस्रो दर्जाको नागरिक बनाइयो र पनि सद्भाव कायम राखेकै हो ।

तानाशाही शासकहरुको चोक, गल्लिमा ठडिएका शालिकहरु गर्वसाथ स्वीकारेकै थियौं । यहाँका मूलबासी मंगोलहरुले भत्काउने डोजर लगाउने र असभ्य हर्कत देखाएको छैन । कसैको धर्म माथि भौतिकरुपमा खल्वलाएको छैन । राजनैतिक रुपमा चेतको बिकास गर्न बरु लाग्यौ । भौतिक रुपमा असहिष्णुताको बातवरण कहिल्यै सृजना गरेका छैनौँ । हाम्रो मुलबासी मंगोलहरुको लागि कुनै योग्दान नगर्ने उल्टै हाम्रो भाषा, लिपी र धर्मको नष्ट गर्ने रामायण उल्थाकार भानुभक्तको शालिहरु गर्वका साथ ्रनेपालको विभिन्न जिल्लामा ठडिएका छन् । लक्ष्मी प्रसाद देवकोटाको सालिकहरु गर्वले ठडिएकै छन् । हाम्रो राज्य हडप्ने पृथ्वी नारायण शाहका शालिक गर्वले ठडिएकै छन् । बाहुन क्षेत्रीहरुको सन्तानको विजयको गाथालाई हारेर पनि सयौ बर्ष स्वीका¥यौं । मूलबासी मंगोलहरुको हृदय कति फराकिलो रहेछ । आज अधिकार माग्दा राजनैतिक तवरमा शान्तिपूर्ण ढंगले आफ्नो अधिकारको आवाज उठाउदा यति सकृर्णता देखाउनु पर्छ र रु

संसारकै क्रुर शासक हिटलरलाई देखाइन्छ । हिटलरले ६० दिनमा जम्मा ६० लाख यहुदी मारेका थिए । कम्युनिष्टहरुले ६० लाख होइन करौडौ मारेका छन् । कम्युनिष्टहरु क्रुर हुन्छन हामीले देखि पनि सकेका छौ । बन्दुकको थुतुनोबाट सत्ता कव्जा गर्नु पर्छ भन्ने मान्यता राख्ने कम्युनिष्टहरु हुन । नेपालका कम्युनिष्टका आवरणमा हिन्दुवादीहरुकै योजनामा लखन थापा मगरको सालिक ढालियो । कम्युनिष्ट भनेको गुण्डा शासन हो जुन पोखरा घट्नाले देखाएको छ । आज लखन थापा मगरको सालिक तालिवानी शैलीमा ढाल्यो ।

हिजो बुद्धको मुर्ति र गुम्बा टोढेका छन् । भोलि गंगाला, धर्मभक्त, शुक्रराज, दशरथ, रामप्रसाद, श्रीजंगाको शालिक टोढ्ने छन् । लुम्बिनी भत्काउने छन् । आतंकको सिमा रहेन । तिम्रो आतंकी शासनले कायरता प्रकट गर्दै निर्दोष शालिक नतोड्नु बरु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

नोट : एमालेबाट निर्वाचित लेख्नाथ पोखराका मेयरको निर्देशनमा गए राती ९ सेप्टेम्बर २६, २०१७ तदनुसार २०७४ अशोज १० गते० प्रथम सहिद लखन थापा मगरको सालिक गायब बनाइएको छ । यस कार्यले करोडौ मूलबासी मंगोलहरुलाई चोट परेको छ । यसका कार्यको घोर बिरोध गदर्छाैँ र तत्काल उक्त सालिकलाई यथास्थानमा जस्ताको त्यस्तै खडा नगरे त्यसको जिम्मेवार कास्की जिल्ला प्रशासन, नेपाल सरकार जिम्मेवार रहन समस्त मूलबासी मंगोलहरुको कडा चेतावनी समेत छ । -जीवन डंगोल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *