चीनमा मिनीबस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ११ घाइते

चीन, असोज १० । चीनको एक राजमार्गमा भएको सडक दुर्घटनामा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।

मंगलबार एउटा ट्रकले अर्को लेन र विपरीत दिशाबाट लस्करै आइरहेका तीनओटा मिनीबसलाई ठक्कर दिँदा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका हुन् ।

राजधानी बेइजिंग र औद्योगिक महानगरी जोडिने लामो राजमार्गमा पर्ने हेनान प्रान्तस्थित जिनजियांगमा मंगलबार बिहान सो दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकजनाको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । साथै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =