लमजुङ प्रहरीद्वारा ४० लिटर घरेलु मदिरा नष्ट

लमजुङ, असोज १० । लमजुङ प्रहरीले ४० लिटर घरेलु मदिरा र चार सय लिटर मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ नष्ट गरेको छ ।

सदरमुकाम बेसीशहरका विभिन्न स्थानबाट मदिरा र मदिरा बनाउने कच्चा पदार्थ जफत गरि नष्ट गरिएको हो ।

चाडपर्वलाई मध्यनजर राख्दै जिल्लामा अवैध रुपले सञ्चालित घरेलु मदिरा भट्टीहरुमा विशेष निगरानी बढाइएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए ।

गस्तीका क्रममा बरामद गरिएको मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।

मदिराकै कारण कतिपय घरझगडा हुने र सामाजमा अशान्ति कायम हुने भन्दै घरेलु मदिराजन्य पदार्थ बिक्री वितरण रोक्न विशेष निगरानी बढाइएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *