जनकपुरमा राजपाले बाजी मार्दा जिल्ल पर्याे काँग्रेस

धनुषा, ८ असोज । जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

राजपाका प्रमुखका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपप्रमुखमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र काँग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याए ।

उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वटा वडा, काँग्रेसले सात वडा, सङ्घीय समाजवादी फोरम नेपालले तीन, नेकपा (एमाले)ले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *