रुवीलाई मिस पूर्वाञ्चलको उपाधि

भरतराज शर्मा, धरान । नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल–२०१७ को उपाधि धरान ११ की रुवी लिम्बूले जितेकी छिन् । प्रमुख निर्णायक पिएलओ लुब्रिकेन्टका प्रमुख भोलेश्वर दुलालले सोधेको प्रश्नको सटिक उत्तर दिँदै लिम्बूले क्राउन सँगै यामाहा कम्पनीको रे स्कुटी, हङकङ टुरलगायत पुरस्कार जितिन् ।

फष्ट रनरअप धरानकै सिम्रन श्रेष्ठ बन्दै नगद ५० हजार रुपैयासहित ताज जितिन । उनले मिस पर्सनालिटी र मिस फोटोजेनिकको टाइटल उपाधिसमेत जितेकी छन् । प्रत्येक टाइटलबाट नगद १२ हजार प्रदान गरिएको थियाे ।

सेकेण्ड रनरअप बिर्तामोड झापाकी अनु ढुङ्गानाले जित्दै नगद ४० हजार रुपैयाँ जितेकी छन् । विजेता लिम्बूले टाइटल तर्फ मिस हेल्दी, मिस इन्टलेक्च्युवल र मिस ट्यालेन्टको उपाधि जितिन् । टाइटल तर्फ मिस चार्मिङ सर्मिला खतिवडा, मिस फ्रेण्डसिप तर्फ विपना श्रेष्ठ, मिस क्याटवक अस्तर तामाङ, मिस पब्लिकच्वाइस र मिस मल्टिमिडिया सताब्दिका गिरी साथै मिस ज्वेलरीको टाइटल प्रतिमा तिवारीले प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *