सुपर ममको अडिसनमा १० जना छानिए

“
असाेज ८, धरान । कोहीनुर डान्स सेन्टरले २०७४ का लागि आयोजना गर्ने ‘कोहिनुर सुपर मम’को पहिलो संस्करणको अडिसनबाट सुनसरीको धरानमा १० जना प्रतिस्पर्धि छानिएका छन् ।
धरान ९ स्थित गरिमा डान्स सेन्टरमा शनिवार सम्पन्न अडिसनबाट प्रतिपर्धाका लागी रुकमणी लोहार, गङ्गा राई, खेचेहाङगमा राई, अन्जना राई, रबिना राई, नन्दा लिम्बु, रिना लिम्बु, सुरेखा लिम्बु, अनु राई र सुष्मा राई छानिएकी हुन ।
प्रथम चरणको अडिसनमा सहभागी १६ जना बिबाहित आमा भईसकेकीहरुलाई छानिएको हो । प्रर्तिष्पर्धाका लागी छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन् र मङ्सिर अन्तिम तिर फाईनल प्रतिस्पर्धा हुने आयोजक कोहिनुर डान्स सेन्टरका म्यानिजिङ डाईरेक्टर रोशन बानतवा राईले जानकारी दिए ।
पहिलो अडीसनमा गरिमा डान्स सेन्टरका डान्स डाईरेक्टर मणी लिम्बु, गरिमा डान्स सेन्टरकै अन्जु राई सहितको निर्णायक मण्डलले सहभागी सुपर ममहरुको अडीसन लिएका थिए ।
सहभागीमध्येबाट छानिएका १० जना उत्कृष्ट प्रतियोगीलाई विभिन्न तालिममा सहभागी गराईनुका साथै प्रतियोगिता विजेतालाई १० तोलाको चादीको क्राउन, चलचित्रमा अभिनय गर्ने अवसर, पूर्वको पाँच जिल्लमा सम्मान, म्युजिक भिडियोमा अभिनय, चाउचाउको विज्ञापनमा खेल्ने अवसर तथा ६ महिना निःशुल्क ब्युटि पार्लर तालिमको अवसर दिने आयोजकले जनाएको छ ।
“








