मन्त्रीलाई कालो झन्डा देखाएको आरोपमा ९ जना पक्राउ

पोखरा । शिक्षा ऐन संशोधनको विरोधमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई पोखरामा कालो ब्यानर देखाएको आरोपमा ९ विद्यार्थी पक्राउ परेका छन् । उनीहरूले शिक्षा ऐन संशोधनको विरोध गर्दै मन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएका थिए ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल तर्फ जान लागेका बेला संशोधन खारेज हुनुपर्ने माग गर्दै ब्यानर सहित विराध प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, सचिवद्वय बिकल पौडेल र रेसम सापकोटा, चार नम्बर प्रदेशका अध्यक्ष सुनिल पौडेल, उपाध्यक्ष नवराज पौडेल, सचिव सङ्गीत लामिछाने र विशाल तिमल्सिना छन् । यसै गरी, बिप्लव माओवादी निकट विद्यार्थी सङ्गठनको पृथ्वीनारायण क्याम्पसका अधयक्ष आस तमु र शिव क्षेत्री पनि पक्राउ परेका छन् । उनीहरूलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *