आर्थिक समृद्धिका लागि उत्पादन आवश्यक : कानुनमन्त्री थापा

कास्की । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन आवश्यक रहेको बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको ११ औ महाधिवेशन तथा २१ औँ साधारणसभाको शनिवार उद्घाटन गर्दै मन्त्री थापाले देशको आर्थिक समृद्धिका लागि अर्थतन्त्र बलियो हुन आवश्यक रहेको बताए । उनले उत्पादनशिल क्षेत्रमा लगानी वढाउँदै पुँजी निर्माणतर्फ अग्रसर हुन ब्यवसायीहरुलाई आग्रह गरे ।

निजी क्षेत्रको सहयोगले मात्र देशको अर्थतन्त्र बलियो हुने बताउँदै मन्त्री थापाले स्वदेशमा नै रोजगारीका अवसरहरू सिर्जना गर्न मसकेमा मुलुकमा गरिबी कमहुने दाबी गरे ।

मन्त्री थापाले पोखरा प्रदेश नं ४ को राजधानी बन्नेकमा कुनै दुविधा नरहेको बताउँदै प्रदेशका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र महानगरपालिकाको वडा नं २६ को सिलिङ बैगचामा निर्माण गर्न आफूले आवश्यक पहल गरेको बताए। त्यसै गरी गगनगौडामा प्रदेश नम्बर ४ को व्यवस्थित क्षेत्रीय स्तरिय बसपार्क निर्माण गर्न सरकारको तर्फबाट आवश्यक पहल भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *