प्रदेश २ को चुनाव: ८२ स्थानको परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै(सुचिसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ७ । दुई नम्बर प्रदेशमा सोमवार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ८२ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस २८ स्थानीय तह जित्दै पहिलो स्थानमा कायम राखेको छ । नेकपा माओवादी केन्द्र १४ स्थानीय तह जित्दै दोस्रो स्थानमा रहेको छ ।
यता, संघीय समाजवादी फोरमले १३ स्थानीय तह जित्दा राजपा नेपालले १२ वटा स्थानीय तहमा जीत हासिल गरेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेले भने हालसम्म ९ वटा स्थानीय तह मात्र जीत हासिल गर्न सकेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








