कबिता दशै

सुन्दै छु हल्ला फेरि
दसैँ आइ रहेको छ
यसपालि पनि उस्तै गरी
मन डराइ रहेको छ
किनमेल धेरै गर्नु छ
बा आमाका उदास अनुहारमा
मुस्कानहरू
टाल टुल पनि पार्नु छ
खाल्डा खुल्डी ती मन का आगनहरु
हृदयको एक पन्ना पल्टाउदै
रक्त रंगिन अक्षरमा टिपि रहेछु
खाँचोका टिपोटहरु
थोपा थोपा पसिनाले
उर्वर गराउदै मरुभूमि
फलाइ रहेछु थुप्रै नोटहरु
तोते बोल्ने ती मसिना बचेरालाई
फेर्दिनु छ बर्सौ घुर्मैलो भोटो
निस्ताएका कलिला मनहरू लाई
ममताको छातीमा
लपक्क टाँसेर खिच्नु छ
केही थान फोटो
अभावको गोरेटोमा हिड्दा हिड्दा
फाटेका उनका खाली पैतालालाई
बनाउनु छ नरम मन निचोरेर
कैयौ रात
कचल्टिएका अनिदो आखालाइ
चम्किलो बनाउनुछ भाग्य चिथोरेर
अनि
निधारभरी
खुसीका अक्षता टाँसी
दायाँ बायाँ बचेरा राखी
जानू छ मच्चाउन
समस्याका पिङहरू
सङ्घर्षको काम्टो टेक्दै
पालै पालो
झट्का मिलाउदै
उनी र म
निरन्तर हैसे गर्नु छ
उ माथि देखिएको
खुसीको फुर्को छुन
रहरै रहरको चीत्कार
बेस्सरी सुनाउनु छ पारी सम्म
सरररर
सुनुन ती बैरा भित्ता हरुले
गुनुन ती गैरा मनहरुले
दसैँ आएछ भनेर
अनि हेरुन रातो माटो
र कमेरो पोतेका कप्टी
भित्ताहरुले
थोरै खुसी हेर्न नसक्ने काला
ती आखिझ्यालहरुले
मेरो दसैँ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *