यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र

असाेज ६, काठमाडाै । याे हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ । शुक्रवारबाट एडभेञ्चरस फिल्म ‘यती’ ले गएको हप्ता रिलिज भएका चलचित्रसँगै प्रतिस्पर्धा गर्ने भएको छ । त्यस कारण यसअघि नै रिलिज भएका दुई रुपैयाँ, जोनी जेन्टलम्यानले केही राहत पाउने भएका छन् ।

‘यती’ सम्भवतः नेपाली भाषामा डबिङ गरिएको पहिलो बंगाली चलचित्र हो । ‘यती’ बंगाली चलचित्र ‘यती आभिजान’ को नेपाली भर्सन हो । सुनिल गंगोपाध्यायको बंगाली उपन्यास ‘पहार चुरोय आंतको’ मा आधारित चलचित्र ‘यती’ श्रीजित मुखर्जीले निर्देशन गरेका हुन् ।

स्वीट्जरल्याण्डका हिमाली क्षेत्रको दृश्यहरू समेटिएको यस चलचित्रका सिनेमाटोग्राफर सौमिक हलदार हुन् । चलचित्रमा बंगाली चलचित्र उद्योगका स्टार अभिनेता प्रसोनजित चटर्जीले अभिनय गरेका छन् । ‘यती’ मा आर्यन भौमिक, जिस्शु सेन गुप्ता, विद्या सिन्हालगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र हिममानव ‘यती’ को रहस्यका बारेमा आधारित छ ।

हिमालय क्षेत्रमा हिममानव ‘यती’ रहेको विश्वास भए पनि आजसम्म कैसैले देखेको छैन । त्यही रहस्योद्घाटन ‘यती’ चलचित्रमा हुनेछ । चलचित्रका पात्र काकाबाबु र शान्तुले त्यही रहस्य पत्ता लगाउनका हिमालय क्षेत्रको यात्रामा निस्कन्छन् । श्रीकान्त मोहता र महेन्द्र सोनीको निर्माण रहेको यस चलचित्रमा इन्द्रदीप दास गुप्ताको सङ्गीत रहेको छ ।

https://youtu.be/-ZyQ1thgslw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =