विकासको चाहना पूरा गर्छु : रेनु

भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरवासीको विकासको चाहना पूरा गर्ने बताएकी छन् । कमलपोखरी दुर्गा मन्दिर तथा टोल विकास समितिहरूद्वारा बुधवार भरतपुर–१३ पृथ्वीनगरमा सम्मान ग्रहण गर्दै मेयर दाहालले आफू महानगरको विकासमा होमिएको बताइन् । कार्यक्रममा मेयर, उपमेयर तथा वडा प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

कमलपोखरी तथा दुर्गामन्दिर व्यवस्थापन समितिद्वारा निर्मित सुन्दर पोखरी सहितको आकर्षक बाल उद्यान निर्माण गर्ने समितिको योजनामा सहयोग गर्ने मेयर दाहालको भनाइ थियो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी दाहालले महानगरपालिकाले विकास र संवृद्धिको चाहना र भावनालाई सम्बोधन गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताइन् । उनले सार्र्वजनिक स्थानहरू मठमन्दीर तथा सम्पूर्ण समुदायको धर्म संस्कृतिको संरक्षणमा आवश्यक सहयोग गर्ने बताइन् । कार्यक्रममा उपमेयर पार्वती शाहले आफूहरूलाई सम्मान गरेकोमा धन्यवाद दिँदै यहाँहरूको साथ र सहयोगमा अगाडि बढ्ने बताइन् ।

वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले वडाको समग्र विकासमा आफू प्रतिबद्ध रहेको बताए । १३ नम्बर वडाको आकर्षणको केन्द्र कमलपोखरीको बृहत्तर विकास गर्नुपर्ने जनताको माग रहेकाले यसलाई आकर्षक पोखरीसहित नमुना बाल उद्यान निर्माणको काम अगाडि बढाउने बताए ।

कमलपोखरी तथा कमलपोखरी दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष दुर्गा दवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सचिव कालिदास चापागाईंले संस्थाको कार्य प्रगति तथा भावी योजनाहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *