कर छली गर्ने ५ सय ९ करदातालाई आन्तरिक राजस्वको कारबाही

असोज ५, काठमाडाै । आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ । अनुगमनको क्रममा व्यवसायीले उपभोक्तासँग उच्च मूल्य असुुल गर्ने, बिलबीजक जारी नगर्ने, न्यून बीजकीकरण लगायत फेला परेपछि कारबाही गरिएकाे जनाइएकाे छ ।

चाडपर्व नजिकिएसँगै ३१ वटा कार्यालयले अनुगमनलाई तीव्र दिएको छ । ६ दिनको अवधिमा ३ हजार १ सय ८६ करदातामा अनुगमन गरेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताए । बिलबीजक जारी गरेर नगरेको, खाता, करपाटी, प्रमाणपत्र राखे नराखेको विषयलाई बढी ध्यानमा राखेर अनुगमन भइरहेको र कानुन पालना नगर्ने ५ सय ९ करदातालाई कारबाही गरेको र १ हजारदेखि १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनकारी दिएको छ ।

चाडबाडमा कारोबार बढी हुने तर बिलबीजक जारी नहुने गुनासो बढेकाले अनुगमनलाई तीव्रता दिन विभागले भदौ २७ गतेबाट अनुगमन सुरु गरेकाे हो । जसका लागि विभिन्न कार्यालयबाट ३/३ वटा टोली परिचालन गरिएको थियो । कारबाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरूलाई अनुसन्धानका लागि खरिदबिक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *