वीरगञ्ज महानगरमा काँग्रेस–राजपाबीच भिडन्त : व्यापारी अन्सारी पुच्छरमा

काठमाडौं,असोज ५ । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा दुइ नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा काँग्रेस र राजपाबीच कडा टक्कर चलिरहेको छ । जारी मतगणनामा कांग्रेसका अजय द्विवेदीले दुई हजार ६ सय चार मत पाएका छन् भने राजपाका राजेशमान सिंहले दुई हजार ५ सय आठ मत पाएका छन् । उनी द्विवेदीभन्दा ४६ मतले पछाडि छन् ।

काँग्रेस–राजपाबीच को अघि जाने भन्नेमा टक्कर चलिरहँदा संघीय समाजवादीका विजय सरावगीले १ हजार ७ सय ५० मत ल्याएर उनीहरुलाई पछ्याइरहेका छन् । त्यस्तै, चौंथोमा माओवादी केन्द्रका युवा उमेदवार रहवर अन्सारी रहेका छन् । उनले १ हजार ४ सय २९ मत ल्याएका छन् भने पाँचौँमा एमालेका उमेदवार तथा पूर्व माओवादी केन्द्रका नेता समेत रहेका व्यापारी बसरुद्दिन अन्सारीले १ हजार २ सय ४९ मत ल्याएका छन् । उनी काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन् । उनी सबैभन्दा पुच्छरमा रहेपनि मेयरको प्रतिस्पर्धामा दौडीरहेका छन् ।

मेयर पदमा ३५ जनाबीच प्रतिस्पर्धा भइरहको छ । अहिलेसम्म महानगरका लागि काँग्रेस–राजपाबीच नै टक्कर चलिरहँदा अन्य ठूला तथा साना दलहरु निकै पछाडि देखिएका छन् । तर, मत गणना जारी नै छ । कुल १ लाख ८ हजार ५ सय १ मतदाता रहेपनि ७० प्रतिशत मत मात्रै खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *