नेपाल टेलिकमद्धारा दशैंको अवसरमा ग्राहकका लागि बोनस तथा छुट योजना
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ४ । नेपाल टेलिकमले दशैंको अवसरमा ग्राहकहरुका लागि विभिन्न बोनस तथा छुट योजना ल्याएको छ । टेलिकमले रिचार्ज, युट्युव डाटा प्याकेज, कम्बो प्याक, लगायतमा विशेष छुट योजना ल्याएको हो ।
जसअनुसार जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनस पाइने भएको छ । सो योजना भोली देखि १० गतेसम्म लागू हुनेछ । यस्तै १० रुपैयाँभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा कम्बो प्याक ल्याएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








