आजबाट घटस्थापना तथा नवरात्रारम्भ (आश्विन शुक्ल प्रतिपदा)

काठमाडौं, असोज ५ । आश्विनशुक्ल दुर्गा पक्षको आज पहिलो दिन घटस्थापना एवं नवरात्रारम्भ हिन्दुधर्मालम्बिहरुको घर घरमा आज घटस्थापना गरी कोजाग्रत पूर्णिमाको दिनसम्म सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाड दसैँ मनाइएता पनि आश्विन शुक्ल प्रतिपदा तिथिदेखि लिएर नवमि तिथिसम्म माता भगवती दुर्गाको नौ दिनसम्म पूजा गरी बाँकी दिनहरूमा विजयोत्सवको रूपमा आफूभन्दा ठुला वडा मान्यजनको हातबाट टीका लगाई आशीर्वाद थाप्ने चलन छ ।

दशैको सुरुवातको दिनमा दसैँ घर स्थापना गरी त्यसै स्थानमा घडा स्थापना र जमरा राख्ने चलन छ । नौ दिनसम्म व्रत बसी माता भगवतीको नित्य पूजा आराधना गरिन्छ । महान् चाड दशैको अवसरमा पर्ने नवरात्रिको अवसरमा गरिने पूजाले सुख शान्ति संवृद्धि एवं प्रगतिको बाटो खुल्ने वचन शास्त्रको रहेको हुँदा आज कसरी पूजाको सुरुवात गर्ने भन्ने विषयमा यहाँहरु समक्ष यो पूजा विधि राखिएको छ ।

नव दुर्गा पुजा विधि

नदीबाट शुद्ध बालुवा वा माटो ल्याएर वृत्ताकार हुने गरी भूईमा फिँजाउने ।
त्यसमाथि भिजाईएको जौ, गौ, मकै छरेर जमरा राख्ने ।
एउटा तामाको थालमा रक्तचन्दनले षट्कोण यन्त्र लेख्ने र षट्कोणलााई बिचमा पारि आठ पातहरुयुक्त पद्म पात्रहरु लेखि घेरा हाल्ने ।
बिचमा अक्षता र नौ वटा वेलीको फुलहरू राख्ने र त्यसलाई अर्कै अलि ठुलो तामाको थालले छोप्ने ।
त्यसलाई पंचरङ्गि धागोले बेर्ने तामाको जल पात्रामा पंचवल्वभ अर्थात् पाँचथरी पातहरू पिपल, डुम्री, पलाश, समी र वरको एक एक वटा पातहरू गंगाजलमा राख्ने ।
त्यसमा चामल पूर्णपालाले छोप्ने त्यसमाथि यन्त्र लेखिएको तामाको थाल नखस्ने गरी बिसाई पंचरंङ्गि धागोले कलश र यन्त्रको थाल नछुट्ने गरी बाध्ने
त्यो कलशलाई जमरा हालिएको मण्डपको अगाडी दश मुट्ठी धान ओछ्याएर विसाउने
कलशको दाँया पट्टि तील वा तोरीको दीप बाल्ने । कलशको अगाडी पट्टि त्रिखु ट्टि राख्ने र त्यसमाथि एउटा शंख स्थापना गर्ने ।
कलशको पश्चिम पट्टि पूजकको आशन राख्ने र पूजन नौ दिन सम्म गर्ने ।

नव दुर्गाको परिचय

प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी तृतीयं चन्द्रघण्टेती कुष्माण्डेती चतुर्थकम पंचम् स्कन्दमातेती षष्ठम कात्यायानीच संतमं कालरात्रिस्च महागौरी चाष्टम नवमं सिद्ध दात्रिस्च नवदुर्गा प्रकीतिता

विजया दशमी नव दुर्गाको पूजा आराधना गरिने पर्व हो । यसैले यो नौ दिनलाई नवरात्र भनेर भनिन्छ ।

१. शैलीपुत्री:– देवीको पहिलो स्वरूपलाई शैलपुत्री भनिन्छ पर्वतराज हिमालयकी छोरी भएकाले नै शैलपूत्री भनिएको हो यी देवीको दाँया हातमा त्रिशुल र वायाँ हातमा कमलको फुल रहेको छ ।

२. ब्रम्हचारिणी:– माता दुर्गाको नौ वटा शक्तिमध्ये दोश्रोरुप बम्हचारिणी हो वेद, तत्त्व र तप ब्रम्ह शब्दको अर्थ हो । ब्रहम्चारिणी देवीको पूर्ण स्वरूप ज्योतिर्मय एवं अत्यन्त भव्य हुन्छ । यी देवीको दाहिने हातमा जप माला र बायाँ हातमा कमण्डलु रहेको छ ।

३. चन्द्रघण्टा:– नवरात्रीको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ यी देवीलाई परम शान्ति दायक र कल्याणकारी मानिन्छ यिनको शिरमा घण्टाको आकारमा अर्ध चन्द्र भएकाले नै चन्द्र घण्टा भनिएको हो ।

४. कुष्माण्डा:– मधुर मुस्कानले ब्रम्हाण्ड उत्पादन गर्ने भएकाले दुर्गाको चौथोरुपलाई कुष्माण्डा भनिएको हो । सृष्टिको अस्तित्व नभएको र चारैतिर अँन्धकारले भरिएको वेला इषत हास्यद्वारा सृष्टिको रचना गर्नुभएको तियो त्यसैले यी देवीलाई सृष्टिको आदित्य स्वरूप आदिशक्ति मानिएको हो ।

५. स्कन्दमाता :– स्कन्दको माता भएकाले पाचौँ स्वरूपलाई स्कन्दमाता भनिएको छ स्कन्द कुमारलाई कार्तिकेयको नामले पुकारिन्छ ।

६. कात्यायनी:– कात्यायन ऋषिकी छोरी मानिएको हुँदा वादेवासुर सँग्राममा यी भगवतीले आफ्नो घरमा छोरीको रूपमा जन्मलिने इच्छा राखे । यिनले भगवतीलाई कन्या मानेको हुनाले नै कात्यायनी नामले प्रसिद्ध हुनुभएको कुरा उल्लेख भएको पाइन्छ ।

७. कालरात्रि:– सबलाई नाश गर्नेलाई काल भनिन्छ कालको पनि रात्रि बिनाश गर्ने भएकाले देवीको सातौँ रूपलाई कालरात्रि भनिएको हो । चारभुजा भएकी चम्किलो अवतार धारण गरेकी देवी कालरात्री शत्रुको भय दिने हुनुहुन्छ ।

८. महागौरी:– माता दुर्गाको आठौँ गोरो स्वरूपलाई महागौरी भनिन्छ । गौर वर्णलाई शङ्ख, चन्दन आदिद्वारा देखाइन्छ । श्वेत वस्त्र लगाउने महागौरीको उमेर आठ वर्ष मानिएको पाइन्छ । तपस्याद्वारा गोरो वर्ण भएकाले महागौरी भनिएको हो ।

९. सिद्धिदात्री:–अणिमा, महिमा गरिमा, लघिमा आदि आठ सिद्धि दिने भएकाले दुर्गाको नवौ स्वरूपलाई सिद्धिदात्री भनिएको हो । सिद्धि अर्थात् मोक्ष दिने भएकाले सिद्धिदात्री भनिएको हो ।

फोन .न. ९८४२०५७४९९ email– [email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *