दीपकले सफाइ पाए

 

काठमाडाौं, असोज ४ । ‘मानिसबाट हजारौँ गल्तीहरु हुन्छन् तर सधैँ सत्यको बाटोमा हिँड्नुपर्छ । तर, मलाई नखाएको विषले पोल्यो । तीन वर्ष तनावपूर्ण बित्यो । अनेक दुःख र कष्ट खेपे ।’ चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान अन्र्तगत वीर अस्पतालमा कार्यरत कर्मचारी युनियनका साथै नेपाली काँग्रेस निकट नेपाल स्वास्थ्यकर्मी सङ्घका महासचिव दीपक मुडभरीले सफाइ पाएपछि विगतलाई एक पटक सम्भिए ।

तीन वर्ष अगाडि उनी अहेवका रूपमा वीर अस्पतालमा कार्यरत रहेकै अवस्थामा उनीमाथि झूठा लाच्छना लगाई डा.मनोज कुमार साहले मुद्दा दायर गरेका थियो । सो मुद्धालाई खारेज गर्दै अस्ति सोमबार उच्च अदालत पाटनले अ.हे.ब अधिकृत छैटौ तहका कर्मचारी दीपक मुडभरीलाई सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायधिश प्रेम राज कार्की र शेखर पौडेलको सयुंक्त डइजालसबाट मुडभरीले सफाई पाएका हुन् ।

७१ साल माघ २६ गतेका दिन डा.मनोज कुमार साहले आफूलाई डाक्टर बनाइदिने भन्दै राजेश कहर, रवि पौडेल र दीपक मुडभरीले वीर अस्पतालको भर्ना किर्ते कागज देखाएर ६० लाख भन्दा बढी रकम ठगी गरेको भन्दै तत्कालीन हनुमान ढोका प्रहरीमा उजुरी दिएका थिए । र,त्यहाँका प्रहरी प्रमुख पुष्कर कार्कीले मुडभरी लगायतका अन्य दुई जनालाई समेत प्रकाउ गरी काठमाडौँ अदालतमा मुद्दा दर्ता गरेको थियो । सो समयमा जिल्ला अदालतले ठगीमा संग्लग्न रहेको भन्दै झूठो फैसला गरी जरिवाना तिर्न आदेश दिए पछि उक्त आदेश चित्त नबुझी उनी पाटन उच्च अदालतको साहरा लिन पुगेका थिए ।

पाटन उच्च अदालत ले कीर्ते कर्ममा डा. मनोज साह आफैँ सग्लग्न रहेको र यसमा दीपक मुडभरीको कुनै संग्लगनता नरहेको भनिएको छ । उसो त सरकारी छाप कीर्तेमा यस अगाडि नै जिल्ला अदालतले मुडभरीको कुनै संग्लगनता नरहेको भनेको थियो । हिजो मात्र उच्च अदालत पाटनले समेत ठगी कर्ममा समेत मुडभरी को कुनै संलग्नता नरहेको ठहर गर्दै सफाई दिएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *